नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको भवन उद्घाटन सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको भवन उद्घाटन सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवनिर्मित भवन नेपाल उद्योग वाणिज्य महासघंकी अध्यक्ष भवानी राणाले  एक कार्यक्रमबीच उद्घाटन गर्नु भयो ।

 

कर्णाली प्रदेशमा पर्यटन, जलस्रोत र जटीबुटीको अपार सम्भावना रहेकोले कर्णालीको विकासका लागि महासंघ प्रदेश सरकारसँग सहकार्य गर्न पनि तयार रहेको कुरा अध्यक्ष भवानी राणाले राख्नु भयो ।

 

साेही अवसरमा महासंघले सुर्खेतमा कृषि उद्यम केन्द्रको शाखा समेत स्थापना गरेको छ। यो केन्द्रले सार्वजनिक-निजी साझेदारी अवधारणामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने तर्फ कार्य गर्ने कुरा अध्यक्ष भवानी राणाले राख्नु भयो ।

 

महासंघका कोषाध्यक्ष निरक के. सी, कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदम शाही, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य प्रवल जङ पाण्डे लगायत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, कोहलपुर उद्योग वाणिज्य संघ र कर्णाली प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।