नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश र मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश र मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश र मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) का बीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागि सम्झौता सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष श्री पदम बहादुर शाही र मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

 

सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

 

यस् सम्झौता पश्चात आर्थिक तथा शैक्षिक समुन्नतिका लागि विभिन्न १७ वटा बुदाँहरुमा सहकार्य तथा समन्वय हुने गरी ५ वर्षको लागि सम्झौता छ ।

 

Releated Attachment : 1633507658_MoU_MWU.pdf