नेउवामहासंघ कर्णाली प्रदेशद्वारा स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग

नेउवामहासंघ कर्णाली प्रदेशद्वारा स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग

नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुद समितिले सुरक्षामा खटिने नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई स्वास्थ्य तथा सुरक्षाका सामाग्रीहरु सहयोग गरेको छ । महासंघले आईतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एस्पी राजेन्द्र भट्ट र ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुखलाई सामाग्री हस्तान्तरण गरेको हो ।

 

२५ पेटी पानी, एक सय पिस सेनिटाईजर, दुई सय पिस जिबनजल, दुई हजार पिस सिटामोल टेबलेट र सात सय ३० पिस सर्जिकल मास्क सहयोग गरिएको नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुद समितिका संयोजक कविराज कँडेलले जानकारी दिए । जनताको सेवामा खटिने सुरक्षाकर्मीलाई महासंघको तर्फबाट केहि मात्रामा सहयोग गरेको र त्यसले सुरक्षाकर्मीलाई केहि मात्रामा भए पनि राहत हुने उनको विश्वास छ ।